निमोनियका कारण उपचारार्थ अस्पताल भर्ना भएका वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शुक्रबार भर्ना भएका ९६ वर्षीय उनको स्वास्थ्य अवस्था आज सुधार भएको उनका नाति अवनी दीक्षितले जानकारी दिए ।
दीक्षितका ‘माधवी’ उपन्यासलगायत दर्जनौँ लोकप्रिय कृति छन् ।




