ताजा समाचार

श्रावण १८ गते २०७६

उत्कृष्ट नतिजा ल्याउने पाण्डेलाई प्रतिभाको १ लाख

प्रतिभा मावि पोखराले राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा सञ्चालित कक्षा–१२ को व्यवस्थापन संकार्यतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा सुरती पाण्डेलाई सम्मान गर्ने भएको छ ।

सो विद्यालयद्वारा आयोजित पत्रकार भेटघाटमा आफ्नो विद्यालयकी छात्रा पाण्डेले पोखराकै सर्वोत्कृष्ट ३.९२ जिपिए ल्याउन सफल भएकाले उनलाई रु १ लाख नगदका साथै उनकी कक्षा–७ मा अध्ययनरत भाइ सचितराज पाण्डेलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ ।

सोही अवसरमा विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं अटोवेज प्रालिका सञ्चालक नारायण पौडेलले अटोवेजतर्फबाट रु ५० हजार पुरस्कारस्वरुप प्रदान गर्ने घोषणा गरे । सो अवसरमा विद्यालयका प्राचार्य विष्णुगोपाल पराजुलीले आइतबार विद्यालयमा सम्मान कार्यक्रमको अवसरमा उक्त राशिको पुरस्कार प्रदान गर्ने उल्लेख गर्दै सुरतीले प्राप्त गरेकी उत्कृष्ट नतिजाबाट आपूmहरु गौरवान्वित भएको बताए ।

सोही अवसरमा विद्यालयका सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले सामान्य परिवारकी सुरतीको सफलताले अन्य विद्यार्थीलाई प्रेरणा प्राप्त हुने उल्लेख गर्दै उच्चस्तरको शिक्षा प्रदान गर्न आपूmहरु प्रतिबद्ध रहेको बताए ।

बाल्यकालमै पिता गुमाएकी छात्रा सुरती पाण्डेले आफ्नी आमाको संघर्षको कारण यो सफलता प्राप्त भएकाले आमाकी इच्छाअनुरुप चार्टड एकाउन्टेन्ट बन्ने चाहना रहेको सो अवसरमा जानकारी दिए ।

उनले आमाकी अथक मेहनतले गर्दा आफूलेले यो सफलता पाएकाले यसको सम्पूर्ण यश आमाप्रति समर्पण गर्दै अब आमाको आँखामा आँशु आउन नदिनतर्फ सदैव तत्पर रहने प्रतिबद्धता प्रकट गरे ।

दृढ निश्चय भएमा केही असम्भव नरहेको उल्लेख गर्दै सुरतीले विद्यालयका शिक्षकहरुले आफूलेलाई सदैव उत्साहित गर्नुका साथै अभिभावकतत्वको जिम्मेवारीसमेत निर्वाह गरेकाले उनीहरुप्रति कृतज्ञतासमेत प्रकट गरे । कक्षा–११ र १२ सम्मको पढाइमा सुरती छात्रवृत्तिमा अध्ययन गरेकी हुन् ।