ताजा समाचार

श्रावण १८ गते २०७६

जनप्रतिनिधिको तलव भत्ता बढाइएकोमा नागरिक समाजको आपत्ति

नागरिक समाज पोखराले जनप्रतिनिधिले तलव भत्ता वृद्धि गरेकोमा आपत्ति जनाएको छ ।

समाजका संयोजक विष्णुहरि अधिकारी र प्रवक्ता ठाकुरप्रसाद बरालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रको ढिकुटीबाट सेवा सुविधा तथा तलव भत्ता वृद्धि गर्नु जनताप्रतिको घात भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र बहाली पछि देश इतिहासकै नयाँ मोडबाट अगाडि बढ्न खोजेको अवस्थामा आम नागरिकहरुमा सुशासन र समृद्धिको आशा बढिरहँदा ब्यापक रुपमा मौलाउँदै गएको भ्रष्ट्राचार तथा जनप्रतिनिधिहरुमा देखिएको राष्ट्रको ढुकुटीबाट सेवा सुबिधा तथा तलब भत्ता बृद्घि गर्नु जनताप्रतिको घात हो ।’

साथै गण्डकी प्रदेश सरकार जनताका समस्यामा ध्यान दिनुपर्नेमा जनप्रतिनिधिको सेवा सुबिधा तथा तलब भत्ता वृद्धि गर्न केन्द्रित रहने कार्यप्रति नागरिक समाज पोखराको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रदेश सरकार भ्रष्ट्राचार न्यूनीकरण गर्दै राज्यकोषको दुरुपयोग बन्द गरी जनताको समस्यामा केन्द्रित हुन नागरिक समाज पोखराको माग छ ।