ताजा समाचार

श्रावण १७ गते २०७६

दीया मिर्जाको डिभोर्स

बलिउड अभिनेत्री दीया मिर्जा र उनका श्रीमान् साहिल संघाले आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनलाई टुङ्ग्याएका छन् । उनीहरुबीच सम्बन्धविच्छेद भएपछि वैवाहिक जीवनमा विराम लागेको हो।

दीया मिर्जा तथा साहिलले सामाजिक सञ्जालमार्फत वैवाहिक जीवन टुंगिएको घोषणा गरेका छन् । दीयाले आफ्नो सामाजिक संजालमार्फत साहिल र आफ्नो परिवारलाई धन्यवाद दिएकी छिन्।

विवाह गरेको यत्तिका वर्षहरुका कहिले पनि यो जोडीको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको थिएन ।