ताजा समाचार

श्रावण १७ गते २०७६

पोखरा वृद्धाश्रमलाई पराजुलीको आर्थिक सहयोग

असहाय कल्याणकारी संस्थाले पोखरा–१७ स्थित पोखरा वृद्धाश्रममा आश्रित वृद्धवृद्धाको स्वास्थ्य सेवाका लागि १ लाख ८ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ ।

संस्थाले सिद्धार्थ क्लबमार्फत अक्षयकोष स्थापना गरी संचालनार्थ क्लबका अधयक्ष विनोद श्रेष्ठलाई सहयोगी संस्थाका अध्यक्ष चन्द्ररमण पराजुलीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सो कोषमा क्लबबाट ९९ हजार थप गरिने अन्य र अन्य संघसंस्था समेटी बृहत् कोष मार्फत वृद्धवृद्धालाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले जनाए ।

कार्यक्रममा पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीले वृद्धवृद्धाको सेवा र सहयोग गर्नु महत्वपूर्ण रहेको बताए ।

संस्थाका अध्यक्ष चन्द्ररमण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रामजी बाँस्तोला, रेडियो सराङकोटका कार्यकारी निर्देशक कृष्ण थापा, शुभकामना महिला विकास केन्द्रका अध्यक्ष कौशल्या गुरुङ, अभियानको अभियन्ता सचिव हरिश्चन्द्र शर्मा, कोषाध्यक्ष विनोदप्रसाद डंगोल लगायतले कोष निर्माणले महत्वपूर्ण भूमिका खेलेको बताए ।