ताजा समाचार

श्रावण १७ गते २०७६

पोखराबाटै यसरी हुन्छ गाई गोरु तस्करी !

यतिबेला पोखराबाट धमाधम राष्ट्रिय जनावर गाई तस्करी हुने गरेको छ । गाई तस्करीमा स्थानीय सरकारको मिलेमतो छ ।

तस्करसँग पैसा अशुलेर स्थानीय जनप्रतिनिधिले गाई तस्करी गर्ने गरेको नागरिकहरूको आरोप छ ।

पोखराबाट गाई गोरु तस्करी गरेर वाहिरी जिल्लामा लगिन्छ । व्यवसायिक प्रयोजन भन्दै लैजाने ती गाई गोरुको प्रयोजन के मा हुन्छ भन्ने कुरा रहस्यमय छ ।

यस्ता गोरु केही जर्सी गाईका साँढे रहेका छन् भने केही गाउँतिर जोतेर थाकेका बूढा गोरु रहेका छन् ।

यसैक्रममा बुधवार राति पोखराको पामेबाट ल्याएका १ ट्रक गोरु स्थानीयवासीको दवाबमा बैदाम प्रहरीले रातको १२ वजे बरामद गरेको छ ।

ती गाईगोरुका लागि गर्न पोखरा महानगरपालिका वडा नं. २३ ले चलानी दिएको बुझिएको छ ।

अझ कतिपयलाई त उनीहरूले पटके चलानी नभइ सदावहार चलानी समेत दिने गरेका छन् । गाई गोरु लैजानेहरूले व्यवसायिक प्रयोजनका लागि लान थालिएको बताएका छन् ।

वडा प्रहरी कार्यालय वैदामले बरामद गरेको१ ट्रक गोरु जिल्ला पशु सेवा कार्यालय कास्कीमा बुझाएको छ । (पत्रकार कमल पौडेल अथकबाट)