ताजा समाचार

श्रावण १७ गते २०७६

नेपाली छोरी प्रतिष्ठा राउत मिस इङ्गल्याण्डकी दोस्रो रनर अप

नेपाली चेली प्रतिष्ठा राउतले मिस इङ्गल्याण्डको दोस्रो रनर अपको बाजी मारेकी छिन् ।

प्रतिष्ठाले आफू मिस इङ्गल्याण्ड २०१९ को आधिकारिक दोस्रो रनर अप भएको जानकारी फेसबुकमार्फत् भिडियो पोष्ट गरेर दिएकी छिन् ।

यसका साथै उनले च्यारिटीका लागि सबैभन्दा धेरै राशी जम्मा गर्न सफल भएकी छिन् ।

मानसिक जागरुकता फैलाउने क्षेत्रमा काम गरिरहेको क्रोनिकल सनसाइन फन्डका लागि प्रतिष्ठाले ९ हजार ९ सय ९९ पाउन्ड (१३ लाख रुपैयाँ बढी) संकलन गर्न सफल भएकी छिन् । यसका लागि उनलाई च्यारिटी क्विनको उपाधि दिइएको छ ।