ताजा समाचार

श्रावण १२ गते २०७६

नेकपाका कुन नेताले कुन विभागको जिम्मेवारी पाए ? (सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकीकरणका वाँकी सबै काम टुङ्गाउने तयारी गरेको छ । नेकपामा यस अघिनै भएको सहमति अनुसार तत्कालिन एमालेका (सम्पर्क समन्वय कमिटी सहित) १९ र तत्कालिन माओवादीको कोटामा परेका १४ विभाग प्रमुखको नाममा करिव–करिव सहमति जुटेको छ । यस्तै उपप्रमुखको नाममा पनि सहमति जुटेको छ । 

तर, स्कूल विभाग कसले लिने भन्नेमा विवाद कायमनै छ । स्कूल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दावी रहँदै आएको छ ।

स्कूल विभागबाहेक अन्य विभागका प्रमुख र उपप्रमुखको प्रस्तावित नाम तत्कालिन दुवै पार्टीले तयार गरेका छन् । यिनै प्रस्तावित नाममा सहमति जुटाउने प्रयास अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।

आईतबार बिहान अध्ययक्षद्वयबीच भएको छलफलमा स्कूल विभागमा सहमति जुट्न नसकेपनि अन्य विभागका प्रमुख र उपप्रमुखमा भने करिब करिब सहमति जुटेको एक नेताले बताए ।

ती नेताका अनुसार यदि नाटकिए हिसाबले निर्णय बदलिएनन् भने भोलि (सोमबार) बस्ने सचिवालय बैठकले दुवै पार्टीले तयार गरेका प्रस्तावित नाम अनुमोदन गर्ने भएको छ ।

‘तत्कालिन दुवै पार्टीका नेताहरुको छुट्टाछुट्टै बैठकले आफ्नो भागमा परेका विभाग, आयोगका प्रमुख र उपप्रमुखको नाम यसअघिनै टुङ्गाइसकेका छन्,’ ती नेताले भने, ‘अब सोमबार बस्ने सचिवालय बैठकमा तत्कालिन दुवै पार्टीले ती नाम प्रस्ताव गर्छन् । त्यसमा छलफल हुन्छ । यदि तिनै नाममा सहमति जुट्यो भने अनुमोदन गर्ने, सहमति जुट्न नसके केही विभाग र नाम परिवर्तन गरेर भएपनि टुंगाउने भन्ने सहमति दुई अध्यक्षमा भएको छ ।’

तत्कालिन एमाले र माओवादीले सचिवालयमा पेश गर्न तयार पारेको विभाग प्रमुख र उपप्रमुखको प्रस्तावित नामावली यस्तो छ :

-सूची रातोपाटीबाट लिइएको हो ।