स्कूल विभागमा ईश्वर-नारायणकाजी बीच लडाइँ, को बलियो ?

गत आइतबार बसेको नेकपा सचिवालय बैठकले ७७ जिल्ला र ६ ओटा महानगरपालिकाका इन्चार्ज टुंगो लगाए पनि विवादका कारण विभागको नेतृत्व टुंगो लाग्न सकेको थिएन । 

विभाग गठनमा नेकपाभित्र स्कुल विभागको नेतृत्वबारे तीव्र विवाद छ ।

ओली र प्रचण्डबीच पार्टीका ३२ विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादी केन्द्रले १४ विभागको नेतृत्व लिने सहमति भइसकेको छ ।

तीमध्ये पार्टीमा निकै महत्वपूर्ण मानिने संगठन, विदेश, नीति तथा प्रतिष्ठान पूर्वएमालेले लिने र अर्थ र प्रचार विभाग पूर्वमाओवादी केन्द्रले लिने सैद्धान्तिक सहमति भइसकेको छ ।

तर, महत्वपूर्ण स्कुल विभागमा भने विवाद छ । दुवै पक्षले स्कुल विभाग आफूले पाउनुपर्ने अडान राखेका छन् । स्कुल विभाग पार्टीको वैचारिक नेतृत्व गर्ने विभाग भएकाले दुई पक्षबीच रस्साकस्सी भएको हो ।

यो विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी केन्द्रका नारायणकाजी श्रेष्ठको दाबी परेसँगै आन्तरिक टकराव तीव्र भइरहेको छ ।

दुई पार्टी एकतापछि पनि ‘जनताको बहुदलीय जनवाद’कै मर्मअनुसार अघि बढेकाले स्कुल विभाग आफूहरुले पाउनुपर्ने पूर्वएमाले पक्षको अडान छ ।

तर सांगठनिक संरचनामा प्रशिक्षण विभाग पार्टीको विद्यालय सहर मानिने भएकाले माओवादी पक्ष सजिलै छाड्ने पक्षमा छैन । 

ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठबीचको टकरावले बैठक नै सार्नुपर्यो । दुवै सचिवालय सदस्यले आफूले नछाड्ने बताएका छन् । 

दुई जनाको टसल भन्दा पनि यो एमाले र माओवादीबीचको टसल भएको स्पष्टै छ । नारायणकाजी नेकपाका प्रवक्ता पनि हुन् । ईश्वर उपप्रधान तथा रक्षामन्त्री हुन् । 

पार्टी प्रवक्ता भइसकेपछि स्वतः नारायणकाजीलाई प्रचार विभाग उपयुक्त हुने भए पनि उनी स्कुल विभागमा आँखा लगाइरहेका छन् । 

स्कुल विभाग नेकपाको स्कुलिङ हो । यही स्कुलिङ जस्तो बनायो भोलि पार्टी त्यही बाटोमा हिँड्ने भएकाले पनि ‘वाद’ र सिद्धान्तको लडाइ बनेको छ स्कुल विभाग । 

कट्टरवादको नेतृत्व गर्दै जनताको बहुदलीय जनवादका खरा अभियन्ताका रुपमा ईश्वर पोखरेल उभिएका छन् । उनले विगत पाँच महिनाको अवधिमा प्रायः यही विषयमा प्रचण्डलाई टक्कर दिइरहे । 

पोखरेललाई स्कुल विभाग दिँदा पार्टी नीति विरोधी हुने ठहर माओवादी पक्षको छ । प्रचण्डलाई पनि डर छ कि आफ्नो नैतिकता खतरामा पर्नेछ । 

सचिवालय बैठकले ७७ जिल्ला र ६ ओटा महानगरपालिकाका इन्चार्ज टुंगो लगाए पनि विवादका कारण विभागको नेतृत्व टुंगो लाग्न सकेको थिएन । 