ताजा समाचार

असार ८ गते २०७६

कुन बार जन्मेका व्यक्तिहरुले कति सम्पति कमाउँछन् ?

मानिसको जन्मबार र जन्मेको समय निकै महत्वपूर्ण हुने गर्छ र उसकाे जन्म कुन्डली जन्मबार र समय अनुसार निर्माण गर्ने गरिन्छ । ज्योतिष शास्त्र अनुसार जन्मेको बारलाई ग्रहले निकै प्रभाव पारेको हुन्छ ।

आइतबारको दिन सूर्य ग्रहको भने सोमबार चन्द्र ग्रहको हो । मंगलबार मंगल ग्रहको हो भने बुधबार बुध ग्रहको हुन्छ । यस्तै बिहिबार वृहस्पतिको हुन्छ भने शुक्रबार शुक्र ग्रहको हुन्छ । शनिबारको कारक ग्रह पनि शनि नै हो । यसरी जन्मबार र समयलाई ग्रहले धेरै प्रवाभ पारेको हुन्छ । ग्रहले आयआर्जनमा निकै प्रभाव पार्ने गर्छ ।

आइतबार :

जन्मने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उक्त बार जन्मने व्यक्तिको आयु पनि लामो हुने गर्छ । कम बोल्ने भएकाले शिक्षामा समेत अब्बल हुने गर्छन् । उनीहरुले घर परिवारलाई खुसी राख्न निकै प्रयास गरिरेहेका हुन्छन । यो दिन जन्मेका व्यक्तिलाई २० देखि २२ वर्ष सम्मको उमेरमा निकै कष्ट हुने गर्छ । उनीहरु दान पुण्य गर्न निकै अग्रसर हुने भएकाले उनीहरुलाई २२ वर्ष पछि अत्याधिक धन लाभ हुने योग रहेको छ ।

सोमबार :

बोलिमा निकै मिठास भएका व्यक्तिहरु सोमबार जन्मेका हुन्छन् । यस दिन जन्मने व्यक्तिको भागमा दुख सुख बराबर जस्तै हुने गर्छ । उनीहरुमा निकै कला गला शिक्षामा पनि अगाडी हुने भएकाले बहादुर हुने गर्छन् । उनीहरुको लागि ९, १२, २७ वर्षमा निकै कष्ट बेहोर्नु पर्ने हुन्छ । सोमबार जन्मने व्यत्तिलाई श्वासप्रश्वासको रोग लाग्ने सम्भावना रहेको हुन्छ ।

मंगलबार :

मंगलबार जन्मेका व्यक्ति निकै कठोर स्वभावका हुन्छन् । निकै भाग्यमानी र धनवान हुने गर्छन् । उक्त बार जन्मने व्यक्तिलाई छाला सम्बन्धी रोगले सताउनेछ ।

बुधबार :

बुधबार जन्मने व्यक्ति धर्म कर्ममा निकै विश्वास गर्ने गर्छन् । आफ्नो काममा धेरै चासो दिने भएकाले धन सम्पति कमाउन, सञ्चय गर्न अरु भन्दा अगाडि रहेका हुन्छन् । यी व्यक्तिलाई ८ र २२ वर्षको उमेरमा निकै कष्ट गर्नु भए पनि जीवन सामान्य नै रहनेछ ।

बिहिवार :

यो बार जन्मने व्यक्ति निकै विद्यावान हुने गर्छन् । ७, १२, १३, १६ र ३० वर्षको उमेर सम्म यो बार जन्मने व्यक्तिलाई संकट पर्नेछ । ३० वर्षका उमेर कटेपछि यो बार जन्मने व्यक्तिको भाग्य फेरिने छ । उनीहरुले सोचेभन्दा बढी सम्पति कमाउने अवसर मिल्नछ ।

शुक्रबार :

शुक्रबार जन्मने व्यक्ति निकै मिठो स्वर भएका हुन्छन् । उनीहरु रोमान्चक स्वभावका हुन्छन् । यो बार जन्मने व्यक्तिलाई २० र २४ वर्षको उमेरमा कष्ट भोग्नुपर्ने हुन्छ । कडा मेहनत र परिश्रम गरेबापत उनीहरुले प्रशस्त भन आर्जन गर्छन् ।

शनिबार :

बाल्यकालमा कष्टपूर्ण जीवन बिताएको भए पनि उनीहरुलाई त्यो भन्दा पछिको जीवन निकै सुखद रहनेछ । आफै केही गर्ने सोच भएका कारण् यो बार जन्मने व्यक्तिहरु आफ्नो व्यापार व्यवसायमा निकै रमाउँछन् । २०, २५, ४५ वर्षको उमेर पछि यी व्यक्तिहरुले निकै समस्याहरु समाधान गर्नुपर्ने हुन्छ । यिनीहरूले प्रशस्त धन कमाउन सक्नेछन् ।