अहिलेको अवस्थामा निकै चर्चा र युटुवमा ट्रन्डिङ नं. १मा पुगेको “गलबन्दी”मा पश्चिमी शैलीको गन्ध भेटिन्छ । गीतको संगित , आवाज , शब्द र भिडियोमा नेपालको रोधी बस्ने संस्कृतीलाई जस्ताको त्यस्तै उतारिएको गलबन्दी मन नपराउने बालबालिका बृद्धबृद्धादेखि कोही छैनन् तर चर्चित गायक , लय संयोजक तथा रचनाकार समेत रहेका प्रकाश सपुत ल्याएको उक्त गीत यसरी भाईरल बनिरहदा चोरी भएको भन्ने आरोप पनि उत्तिकै छ ।
उनले “गलबन्दी” गीत चर्चित गायक शम्भु राईको “आउ नाचौँ साथी हो कम्भर कसेर” गीतसंग हुबहु मिलेको भन्दै चोरीको आरोप लागेको हो ।
हुन त यो संयोग पनि हुन सक्छ । चोरीको आरोप लागिरहदा नत प्रकास सपुतले यसबारेमा बोलेका छन् नत शम्भु राईले कुनै दाबी नै गरेका छन् । गित चोरीको आरोपबारे प्रकास सपुतले गीत निकालेर छोडिसकेको अवस्थामा अब छुट्टाउने जिम्मा दर्शक तथा श्रोतालाई छाडेका बताएका छन् । उनले शम्भु राईसंग यस विषयमा आफनो प्रत्यक्ष कुराकानी नै नभएको बताउदै भेटघाट भएपछि भोलीका दिन केही कुरा आउँला भनेका छन् ।
उनले दर्शकबाट पाईरहेको प्रतिक्रियालाई सकरात्मकरुपमा लिएको बताउदै “गलबन्दीबाट सयमा सय नम्बर लागेको तर केही नम्बरहरु यस्ता घटनाले काटिदिएको छ गुनासो गरे । उनले यस्तो भनिराख्दा कतै उनको गीत शम्भु प्रधानको गीतसंग प्रभावित नै भएको त होईन भन्ने प्रश्न उत्पन्न गराईदिएको छ ।




