जेठ १७ गते २०७६

ताजा समाचार

जेठ १७ गते २०७६

पसल चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्दा उल्टै पक्राउ परेपछि



बैंकको ऋण तिर्ने भाका सार्न र पसलको बीमा दावी गर्ने योजना बनाई सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौँडा–४ पारिजात पथमा रहेको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक सेन्टरबाट नगद तथा जिन्सी गरी करीब ३३ लाखको चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्ने उमेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

उजुरी परेपछि प्रहरीको शुक्ष्म अनुसन्धानबाट घिमिरे आफँैले सामान लुकाएर चोरी भएको गलत रिपोर्ट गरेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले प्रहरीसमक्ष सनराइज बैंकमा रहेको ५० लाख ऋण चाँडो तिर्न दबाब आएकाले भाका सार्न तथा बीमा दावी गरी रकम लिन फर्जी चोरीको योजना बनाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यायका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं