ताजा समाचार

जेठ १७ गते २०७६

वैदेशिक लगानीकर्ताले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्नुपर्छ

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आह्वान गरेका छन् ।

काठमाण्डौमा शुक्रबारबाट सुरु भएको ‘एसिया रेसिलिइन्स समिट–२०१९’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको भूगोल, जैविक तथा सांस्कृतिक सम्पदाहरुको महत्व उजागर गरेर मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको पनि स्पष्ट पारे । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल हुनेगरी ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने तयारी गरिरहेको बताए ।