ताजा समाचार

जेठ १४ गते २०७६

इन्दिरा गान्धीको भूमिका निभाउँदै रवीना

बलिउड चलचित्र ‘केजीएफ’ को अपार सफलतापछि यसका मेकर्सले ‘केजीएफ २’ निर्माण गर्ने भएका छन् । 

नविनकुमार गोदा उर्फ यश स्टारर ‘केजीएफ’ ले बक्सअफिसमा बम्पर कमाइ गरेपछि ‘केजीएफ २’ को लागि ठूलो योजनासहित टिम अघि बढेको छ । चलचित्रमा अभिनेत्री रवीना टण्डनलाई कास्ट गरिएको छ । रवीनाले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाउने भनिए पनि उनको भूमिकाबारे थप केहि खुलाइएको छैन । 

ठूलो बजेटमा निर्माण हुने यस पिरियड ड्रामालाई प्रशान्त नीलले निर्देशन गरिरहेका छन् । यशको अभिनयले निकै प्रशंसा पाएको चलचित्रमा रविनासँगै सञ्जय दत्तको नाम पनि बाहिरिएको छ तर उनको भूमिका र अनुबन्धित भइसकेको बारे कुनै खुलासा गरिएको छैन । ‘केजीएफ’ बाट राम्रो स्टार्डम कमाएका यशलाई फेरि ‘केजीएफ २’ मा हेर्न उनका फ्यानहरु प्रतिक्षा गरिरहेका छन् ।