ताजा समाचार

जेठ १४ गते २०७६

लाप्राक बस्ती हस्तान्तरणको अन्तिम तयारी

गोरखाको लाप्राकमा निर्माण भएको घर स्थानियलाई हस्तान्तरण गर्न अन्तिम तयारी गरिएको छ । गैरआवासीय नेपाली संघले भूकम्प प्रभावितका लागि निर्माण गरिएको ५ सया ७३ घर स्थानीयलाई हस्तान्तरणको अन्तिम तयारी भैरहेको उपाध्यक्ष कुमार पन्तले जानकारी दिएका हुन् ।

अमेरिका भ्रमणका रहेका एनआरएन उपाध्यक्ष पन्तले टेक्सासमा आयोजित कार्यक्रममा एक महिना भित्रमा लाप्राक बस्ती स्थानीयलाई हस्तान्तरण गर्ने तयारी भैरहेको बताउँदै यो उपलब्धि एनआरएनको प्रमुख उपलब्धि भएको उल्लेख गरे।

बस्तीसंगै शंखमुल पार्क निर्माण पनि अन्तिम चरणमा पुगेको बताए। एनआरएनको महत्पूर्ण योजनाहरुमा १० अर्वको म्यूचअल फण्ड निर्माण गर्ने कार्यको लागि कानुन निर्माण भैरहेकोले त्यसबाट मातृभुमिको विकासमा टेवा पुग्ने बताए।