ताजा समाचार

जेठ १३ गते २०७६

करिष्माले छाडिन् बाबुरामको साथ

नायिका करिष्मा मानन्धरले पार्टी परित्याग गरेकी छन् । तत्कालीन नयाँ शक्तिकी नेत्री मानन्धरले अब आफू राजनीतिमा नरहेको घोषणा गरेकी हुन् ।

चैत २३ गते नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको थियो । त्यसयता निष्क्रियजस्तै रहेकी उनले राजनीतिबाट अलग हुने घोषणा गरेकी हुन् । उनले मौखिक रुपमा राजीनामा दिएको र अब लिखित रुपमा दिन बाँकी रहेको बताइन् । करिब ४ वर्षअघि उनी नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् ।