हिंसा त्याग्ने संकल्प गरे मात्र सरकारले विप्लवसँग वार्ता गर्छ


संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुने बताएका छन् ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले शान्तिपूर्ण राजनीतिमा आउनेलाई सधैं सम्मान गर्ने पनि स्पष्ट पारेका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि नहट्ने पनि स्पष्ट पारे ।

शान्तिपूर्ण राजनीति गर्नेमाथि सम्मान गर्ने संवैधानिक व्यवस्था भएकाले सरकार सोही अनुसार अघि बढने पनि मन्त्री बास्कोटाले बताए । मन्त्री बास्कोटाले सरकारको कुनै पनि राजनीतिक शक्तिलाई नियन्यणमा लिने चाहना, उद्देश्य र लक्ष्य नभएको पनि स्पष्ट पारे ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं