ताजा समाचार

जेठ १३ गते २०७६

पोखरामा दुई ठाँउमा भेटिएका बम डिस्पोज

पोखराको सिर्जना चोकस्थित एनसेल कार्यालयअघि राखिएको प्रेसर कुकर बम नेपाली सेना डिस्पोज गरेको छ। सोमबार बिहान सेनाको टोलीले बम डिस्पोज गर्दा एनसेल कार्यालयको सिसा फुटेका छन्।

बम शक्तिशाली भएकोले डिस्पोज गर्दा एनसेल कार्यालयमा क्षति पुगेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरूङले बताए ।

यता न्यूरोडको इनोभेटीभ डेभलपमेण्ट एजुकेशन एकेडेमीको गेटमा राखिएको बम पनि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।