ताजा समाचार

जेठ १२ गते २०७६

शव फेला

तनहुँमा एक जना मृत अवस्थामा फेला परेका छन् । शुक्लागण्डकी नगरपालिका-८ सिमलडाँडा बस्ने वर्ष ५० को ओम बहादुर कुमाल मृत अवस्थामा फेला परेका हुन् ।

उनको शव आफ्नै घर देखि ५ सय मिटर पूर्व खोल्सामा फेला परेको प्रहरीले जनाकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिए ।