ताजा समाचार

जेठ ३ गते २०७६

गण्डकी प्रदेशको अधिवेशन जेठ १५ देखि

प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन यही जेठ १५ गते आह्वान गर्न प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६÷७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रहरीलाई मोटरसाइकल खरीदका लागि ९२ लाख छुट्याइएको छ । सरकारले छुट्टै अफ्सेट प्रेस सञ्चालनका लागि विनियोजित १ करोडमध्येबाट सो रकम रकमान्तर गरी मोटरसाइकल खरीदका लागि दिने निर्णय भएको मन्त्री बस्नेतले बताए ।