ताजा समाचार

जेठ ३ गते २०७६

दाइलाई आफ्नै भाइले हाने गोली

पर्साको जिराभवानी गाउँपालिका–२ बलुवामा बिहीबार साँझ ७ बजे गोली चल्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा ५५ वर्षीय फारुक सेख रहेका छन् । 

उनलाई आफ्नै भाइ सेख सराजुद्दिनले गोली हानेका थिए । उनको पिठ्युँमा गोली लागेको प्रहरीले जनाएको छ । दाजु भाइबीच घरायसी विवाद हुँदा दाजु सेखलाई भाइले गोली हानेका थिए । गोली लागेको सेखको अवस्था गम्भीर रहेको नारायणी अस्पतालले जनाएको छ । 

दाजुमाथि गोली प्रहार गर्ने भाइलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको साथबाट नल कटुवाल पेस्तोल एक थान, तीन राउण्ड गोली र एक थान गोलीको खोका बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अन्नतराज शर्माले जानकारी दिएका छन् । 

घाइते भएका सेखको नारायणी अस्पतालमा उपचार हुन नसपछि थप उपचारका लागि नेशनल मेडिकल शिक्षण अस्पताल वीरगञ्ज पठाएको छ ।