ताजा समाचार

जेठ २ गते २०७६

चट्याङले २८ वटा भेडा खायो

लमजुङको दूधपोखरी गाउँपालिका–१, मलेया डाँडामा रहेको घुम्ती भेडीगोठका २८ वटा भेडा मरेका छन् ।

गएको वैशाख २८ गते शनिबार साँझ परेको चट्याङ लागेर भेडीगोठका २८ वटा भेडा मरेको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले जानकारी दिए ।

चट्याङ लागेर भेडा मरेको खबर पाएसँगै वैशाख ३० गते नै गुरुङसँगै दोर्दी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक विनोदप्रसाद कट्टेल र भेडापालन समूहका १३ जना किसान १२ घण्टा पैदल हिँडेर भेडीगोठ पुगेका थिए । भेडा मर्दा झण्डै साँढे ५ लाख बढिको क्षति भएको छ ।