ताजा समाचार

जेठ १ गते २०७६

खाद्य शाखाको रासन घरेलु मदिरा र कुखुराको दानामा

मुस्ताङको जोमसोममा अवस्थित नेपाल खाद्य संस्थान मुस्ताङ शाखाले बिक्री बितरण गर्ने खाद्य बस्तु घरेलु मदिरा र कुखुराको दानामा प्रयोग भएको पाईएको छ ।खाद्यले उपलब्ध गराउने चामल र गहु आदी जस्ता सामाग्री पछिल्लो समय सर्वसाधारणले खानका लागि नभई व्यवसायिक प्रयोजनमा खरित्ने गरेको शाखाको बुझाई छ ।

कुनै समय स्थानीय सेवाग्राहीलाई खाद्य बस्तु उपलब्ध गराउन भ्याई नभ्याई हुँने संस्था पछिल्लो समय सडक संञ्जाल जोडिएपछि एकाएक ओझेलमा पर्न थालेको हो । खाद्य संस्थान मुस्ताङ शाखाका कार्यालय प्रमुख बिनोद चन्दले खाद्य संस्थानको औचित्य मुस्ताङमा समाप्त भईसकेको दुखेसो पोखे । उनका अनुसार जोमसोम बजारका बिक्रेताले ५० बोरा चामल बिक्री गर्दा यहाँ १ बोरा चामल बिक्री गर्न पनि मुश्किल परेको खुलाए ।

मुस्ताङ खाद्य शाखामा दशैमा भेडाच्याङग्रा खरिद तथा खाद्य सामाग्री बिक्री गर्ने गरेको भए पनि पछिल्लो समय खाद्यले बिक्री गर्ने बस्तुको मुनाफामा कार्यालय खर्च धान्न समेत समस्या पर्ने जनाए । ‘सेवाग्राहीले खाद्य बस्तु कुखुरा र मदिराको लागि सोध्छन् ।खानाका लागि भने जिल्ला बाहिरका बिपन्न मजदुरले मात्र सोध्ने गर्छन ।हप्तामा १० बोरा चामल बिक्री गर्न सकिदैन ।’ उनले भने ।

नेपाल खाद्य संस्थानको उद्देश्य हिमाली तथा बिकट दुर्गम जिल्लाका बासिन्दालाई खाद्य सामाग्री सहज गराउनु हो ।तर ,मुस्ताङमा खाद्य संस्थानको गतिबिधि सुन्य अवस्थामा छ ।कुनै बेला खाद्य संस्थान मुस्ताङ शाखामा सामान खरिद गर्न प्रशासनको सहयोग लिनु पथ्र्यो ।उ समय संस्थानको मुस्ताङ शाखाले घोडा खच्चड मार्फत सामान ढुवाानी गथ्र्यो । ल्याइएका खाद्य सामाग्री हप्तादिनमा बिक्री हुन्थे ।

उपल्लो मुस्ताङ देखि तल्लो मुस्ताङका बासिन्दा खाद्य बस्तु खरिद गर्न जोमसोम ओईरिन्थे ।खाद्य शाखा उ समय हाई हाई थियो ।तर ,सडक जोडिएपछि खाद्य शाखालाई वेवास्ता गरिएको छ ।त्यहाँ कार्यरत कर्मचारी कार्यालय कुर्ने सिवाय थप कारोवार गर्न सकिरहेको देखिदैन । शाखाका प्रम्ुख चन्दले अबको अवस्थामा खाद्यको कार्यालय मुस्ताङमा आवश्यकता नदेखिएको उल्लेख गरे ।

मुस्ताङमा खाद्य संस्थानको शाखा स्थापना २०३१ साल देखि सुरु भएको हो ।हुम्ला,जुम्ला र कर्णाली जिल्लामा खाद्य संस्थानको सेवा प्रभावकारी छ,सेवाग्राहीमा कमी छैन ।तर ,मुस्ताङमा बिगत १० वर्षअघि सडकले छोएपछि खाद्य शाखाको सेवा नराम्ररी प्रभावित भएको हो ।मुस्ताङ जिल्ला पर्यटकीय जिल्ला र स्थानीय जीवनशैली पनि समृद्ध देखिएकाले खाद्यले बिक्री गर्ने सामाग्री गुणस्तर कम हुँने बुझाई छ ।जसका कारण खाद्य संस्थान मुस्ताङ शाखामा सेवाग्राहीको उपस्थित सुन्य जस्तै देखिएको हो । घरपझोङ र थासाङ गाउँपालिकाबाट खाद्य सामाग्री खरित्न आउने सेवाग्राहीले दाना र मदिराकै लागि अर्डर गर्ने गरेको शाखाको भनाई छ । मुस्ताङ खाद्य शाखामा कुल ५ जनाको दरबन्दी रहेपनि हाल कार्यालय प्रमुख र १ कार्यालय सहयोगी मात्र छन् ।

खाद्य शाखामा पोल्टी फर्म
नेपाल खाद्य संस्थानको बिधानमा कार्यालय प्रयोजनको खाली जमिन लिजमा दिन पाउँने व्यवस्था गरेको छ । तर,लिजमा लिएको संस्था वा ब्यक्तिले जग्गा लिजमा लिदा वातावरण प्रतिकुल हुँनगरीे काम गर्न नपाईने उल्लेख छ । तर,खाद्यको बिधान बिपरित मुस्ताङ शाखाको परिसर भित्र एक व्यक्तिले लामो समयदेखि कुखुरा पाल्ने र काट्ने अड्डा चलाईरहेको पाईएको छ ।

खाद्य शाखा मुस्ताङको क्षेत्रफल करिव ५ रोपनी बढी छ ।तर,शाखाको खाली जग्गालाई तत्कालिन खाद्य कार्यालय प्रमुख भरतराज खनियाले जोमसोममा व्यवसाय गर्ने धर्मदत्त पौडेललाई लिज दिए ।खनियाले २ वर्षको सम्झौतामा पौडेललाई लिजमा दिएका हुन् । व्यापारी पौडेलले लिजमा लिएको खाद्यको जग्गामा कुखुरा पाल्ने अड्डा खोले । पौडेलले खनिया संग मिलेमतो गरेर खाद्य संस्थानको गोदामलाई जोडेर पोल्टी अड्डा खोलेका हुँन् ।त्यति मात्र होईन उनले उत्पादित कुखुरा त्यही काटछाट गरेर पसलमा लैजान्छन् ।

व्यापारी पौडेलले संञ्चालन गरेको पोल्टी उद्योगले वातावरण प्रद्ुषित बनाएको बिगतमा कार्यरत कर्मचारीको गुनासो थियो ।यति मात्र दैनिक खाद्यान्न खरिद गर्न आउने सेवाग्राही तथा गोदाममा भएका खाद्य बस्तुलाई समेत फोहोर बनाएको जनगुनासो थियो ।सेवाग्राहीको गुनासो भएपनि पुन फेरी व्यापारी पौडेलले नै पुन उक्त जग्गा पोल्टी फर्मका लागि पाएका छन् । उनले मासिक ४ हजार ३ सय ९२ रुपैया भाडा बुझाउने लिखित सम्झौता गरेर खाद्यको ४० फिट मोहडा र ६० फिट पिछाड जग्गा लिजमा लिएका हुन् । पौडेलले लिएको जग्गामा कुखुराको फोहोर उस्तै छ भने कुखुरा भुत्ल्याउने स्थान पनि फोहोर देखिन्छ । खाद्यको उक्त जग्गामा अर्का व्यक्ति देव तामाङले पनि स्टोर टहरा निर्माण गरेका छन् ।

खाद्य शाखा प्रमुख चन्दले नेपाल सरकारले निषेध गरेका गतिबिधि संस्थानक्षेत्रमा उपयोग गर्न नपाईने बताए ।उनले पौडेलको कुखुरा पालनले वातावरणलाई असर पु¥याएको सुनेपनि सो अनुसार नभएको जनाए । व्यापारी पौडेलले खाद्यको अन्य जमिनमा पनि तरकारी खेती गरेको पाईएको छ । खाद्य शाखाले कार्यालय परिसरमा ६० वटा स्याउको बोट लगाएको छ ।