ताजा समाचार

वैशाख ३० गते २०७६

ल्हासाबाट काठमाडौंमा रेल आउने समय अव धेरै छैन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने समय अव धेरै नभएको दावी गरेका छन् ।

विभूति सीता जन्मजयन्तीको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चीनबाट नेपालमा रेल आउने कुरा अब विपनामै परिणत हुने बताएका हुन् ।

उनले चीनको ल्हासा हुँदै काठमाडांै र काठमाडौंबाट लुम्बिनीसम्म रेल सञ्चालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने पनि स्पष्ट पारे । त्यसको लागी आवश्यक तयारी भैरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले लुम्विनी–पशुपति–जनकपुरलाई जोडने एउटा सर्किट दशेभित्रै बन्न जरुरी रहेको पनि बताए । उनले नेपाल र भारत दुवै मुलुकको शक्तिपीठहरुलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर दुवै मुलुकको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको पनि बताए ।