ताजा समाचार

वैशाख २७ गते २०७६

टेलिफिल्म ‘कुरामात्र भो’ प्रसारण

अर्जुन गौतमको निर्देशनमा निर्माण भएको नेपाली हास्य ब्यंग्य टेलिफिल्म ‘कुरा मात्र भो’ शुक्रबारबाट प्रसारणमा आएको छ ।

सिरियल हरेक शुक्रवार राति ८ः०५ मा एनटिभी प्लसबाट प्रसारणमा आएको हो । कुरा मात्र भोको प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडिया बीच गत शुक्रवार सम्झौता भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिए ।

जेसिका इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको टेलिफिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिने निर्माण पक्षको दाबी छ । निर्देशक गौतमका अनुसार टेलिफिल्मको कथावस्तु सामाजिक एवं राजनीतिक विषय वस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ । टेलिफिल्म युट्युब च्यानल जेसिका इन्टरटेनमेन्टमार्फत पनि हेर्न सकिने उनले बताए ।

साहित्यकार सनत आचार्यको लेखनमा तयार पारिएको टेलिफिल्ममा कलाकार उत्तम अर्याल (कोदे), लक्ष्मण चौलागाई आदीको अभिनय छ । यसैगरी टेलिफिल्मको निमार्तामा कमल श्रेष्ठ, कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनकराज अधिकारी, सम्पादनमा राज श्रेष्ठ छन् भने निर्माण सल्लाहकारमा सरोज ओझा तथा प्रताप भट्ट र कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी छन् ।