ताजा समाचार

वैशाख २७ गते २०७६

मुस्ताङमा इटालियन पर्यटकको मृत्यु

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४ स्थित सारेबुङमा एक इटालियन नागरिकको बिहीबार मृत्यु भएको छ । भ्रमणका लागि आएका अन्दाजी वर्ष ६८ का इटालियन नागरिक ः MARCO ROCCUFRANCUFCO MORELIO को बिरामी भएर मृत्य भएको हो ।

उनको उद्धारका लागि गएको समिट एयरको हेलीकप्टर खराब मौसमको कारण शुक्रबार बिहानमात्र त्यहाँ पुगेको थियो । हेलिकोप्टर पुग्दा उनको मृत्यु भईसकेकाले शव हलिकप्टरबाट जोमसोम ल्याईएको छ ।