ताजा समाचार

वैशाख २७ गते २०७६

देशैभर बढ्यो गर्मी, सबै भन्दा बढी गर्मी कहाँ ?

अहिले देशैभर गर्मी बढेको छ । केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । नेपालगञ्जको अधिकतम तापक्रम ४३ डिग्री मापन भएको छ भने धनगढी र दिपायलको अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि छ ।