झुण्डिएर यात्रा गर्ने बालकको मृत्यु


बागलुङको निसीखोला गाउँपालिका ३ धुवाँखोरमा पिकअप जिपबाट खस्दा बालकको ज्यान गएको छ । अर्का १ बालक गम्भीर घाइते छन् ।

निसीदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१च ६७५२ नम्बरको पिकअप जिपको पडाडिपट्टि झुण्डिएर यात्रा गर्ने क्रममा निसीखोला गाउँपालिका ३ घर भएका लछु सुनारको खसेर घटना स्थलमै मृत्यु भएको हो । १२ वर्षीय लछु प्रभा मावि कक्षा ८ मा पढ्थे ।

१२ बर्षीय बालक विष्णु सुनारको टाउकोमा चोट लागेको छ । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि पाल्पा रिफर गरिएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं