ताजा समाचार

वैशाख २४ गते २०७६

मस्र्याङ्दीमा हाम फालेर युवक बेपत्ता

मनाङस्थित मस्र्याङ्दी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् ।

मनाङको नासो गाउँपालिका–३ घर भई हाल चामे गाउँपालिका–३ नयाँबजार बस्ने १९ वर्षीय रोशन गुरुङ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धानसहित खोजी कार्य जारी रहेको छ ।