कर्मचारी र बजेट अभावले “एक घर एक धारा” कार्यक्रम प्रभावित

गण्डकी प्रदेश मातहतबाट संचालन हुने बागलुङमा कर्मचारी दरबन्दी कम हुँदा कार्यालयले बनाएको लक्ष्य प्रभावित हुने भएको छ ।

डिभिजन कार्यालयको बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङमा गरि ४ जिल्लाको ८ हजार घर धुरीमा १ घर, १ धारा निर्माण गर्ने लक्ष्य राखे पनि प्रयाप्त कर्मचारी र बजेटको अभावमा लक्ष्य प्रभावित हुने भएको हो ।

हालसम्म कार्यलयबाट २ हजार घर धुरीमा मात्रै धारा जडान गरिएको छ भने बाँकीको लागि कर्मचारी र बजेट अभाव देखिएको छ । कार्यालयमा हाल ४ जिल्लाको योजना हेर्ने ४ जन इन्जिनियर मात्रै रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका प्रमुख प्रेम प्रसाद डोटेलले जानकारी दिए ।

हाल कार्यालयमा २२ जना कार्मचारी रहे पनि प्रभावकारी ढंगले कार्य हुन नसकेको डोटेलको भनाई छ ।डोटेलले कर्मचारी कम हुँदा विभिन्न योजनाहरुको राम्रोसँग अनुगमन गर्न नसकेको बताउँदै कतिपय योजनाहरु गुणस्तरीय बन्न नसकेको बताए ।