चरम दुरुपयोग भएको गुनासो रहेको संसद विकास कोष गण्डकी प्रदेशमा पनि सुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारले आगामी वर्षबाट हरेक सांसदलाई २ करोड विनियोजन गर्न लागेको हो ।
मन्त्रीमन्त्री पृथ्वीसुब्बा गुरुङले बजेट दिन लागेको खुलासा गरे । ‘यति नै भन्ने छैन । केन्द्रले ४ करोड दिन्छ । हामी पनि २ करोड दिने होला–उनले भने ।
सांसदहरुको दवाव र अरु प्रदेशले पनि सांसद विकास कोषबाट बजेट बाँडेका कारण गण्डकीमा यस्तो गर्न लागिएको उनले सुनाए । उनले यो प्रणाली गलत भएको समेत सुनाए ।
सांसद विकास कोषको बजेटबाट सांसदले कार्यकर्ता पोस्ने गरेको गुनासो छ । प्रदेशको पहिलो बजेटमै सांसद विकास कोषमा बजेट दिन सांसदको माग थियो । पहिलो पटक बजेट नदिएको प्रदेशले दोस्रो बजेटमा एक निर्वाचन क्षेत्र एक नमूना सडक निर्माणको योजना अघि सा¥यो ।
संघीय संसद र अन्य प्रदेशका सांसदले समेत यस्तो बजेट पाएपछि सांसदहरुको दबाबमा प्रदेश सरकारले बजेट दिन लागेको हो ।






