अभिनेता आर्यन सिक्देल पिता बने

अभिनेता आर्यन सिग्देल र उनकी धर्मपत्नी सपना भण्डारीलाइ पहिलो सन्तानको रुपमा पुत्र लाभ भएको छ।

आर्यन र सपनाको लागी आज २ विशेस अवसर परेको छ। आज आर्यन र सपनाको म्यारिज एनिभर्सरी समेत रहेको छ।

राजधानीको चिरायु अस्पतालमा दिउँसो १२ बजे सपनाले छोरालाई जन्म दिएकि हुन्। आर्यन र सपनाको आज चौथो एनिभर्सरी हो। दुवैले २०७१ बैशाख ६ गते विवाह गरेका थिए।