इग्ंलिस प्रिमियर लिग लिडर लिभरपुलले च्याम्पियन्स लिगमा सेमिफाईनल प्रवेशको सम्भवना प्रबल बनाएको छ । पोर्चुगिज क्लब पोर्टोलाई च्याम्पियन्स लिगको क्वार्टरफाईनलको पहिलो लेगमा २-० गोलले पराजित गर्दै सेमिफाईनलको सम्भावनालाई जिवितै राखेको छ ।
पहिलो हाफमै गरेको दुई गोललाई अन्त्यसम्म जोगाईराख्दै लिभरपुलले सेमिफाईनल ढुक्क बनाउने प्रयास गरेको हो । पाँचौं मिनेटमा नावी केईटाले गरेको गोलले लिएको अग्रता पहिलो हाफ नटुगिदै दोब्बर बनायो । २६ औं मिनेटमा ब्राजिलियन खेलाडी रोबर्टो फिरमिनोले गोल गर्दै जित सुनिश्चित बनाए ।
source:kheladinews






