रोयल च्यालेन्ज विरुद्ध निकै महंगा सावित भएका दिल्लीका सन्दीप लामिछानेले टी-२० क्रिकेट प्रतियोगितामा व्यत्तिगत ५० विकेट पुरा गरेका छन् ।
नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेले टी २० क्रिकेटमा ५० विकेट पुरा गर्ने क्रममा आज भएको खेलमा एक विकेट लिदैं पुरा गरेका हुन । आइपीएल अन्तर्गत रोएल च्यालेन्जर्स बैगलोर विरुद्धको खेलमा १ विकेट लिएपछि सन्दीपले उक्त उपलब्धी हात पारे। उनले खेलमा ४ ओभरमा ४६ रन खर्चिएर १ विकेट लिन सफल भए । यस सिजन आइपीएद्यमा चार खेल खेलेका सन्दीपले अहिलेसम्म ५ विकेट लिएका छन्।
गत सिजन दिल्लीका लागि ३ खेल खेलेका सन्दीपले ५ विकेट लिएका थिए। गत सिजन आइपीएल खेल्दै विश्वभर टी-२० फ्रेन्चाइज्ड लिग खेल्न थालेका सन्दीपले विभिन्न लिग खेल्दै टी-२० फर्म्याटमा ५० विकेट लिएका हुन्। राष्ट्रिय टिमका लागि भने सन्दीपले ५ अन्तर्राष्ट्रिय टी-२० खेल खेल्दै ५ विकेट लिएका छन्। सन्दीपले २०१८ मा आइपीएलमा बैँगलोर विरुद्ध नै खेल्दै टी २० क्रिकेटमा डेब्यु गरेका थिए र त्यस खेलमा १ विकेट समेत लिएका थिए। सन्दीपले आइपीएलमा मात्रै १० विकेट लिएका छन्। यस्तै पहिलो पटक खेलेको अष्ट्रेलियाको बिग बास लिग र पाकिस्तानको पाकिस्तान सुपर लिगमा ११-११ विकेट लिए।
यस्तै क्यारेवियन सुपर लिगमा ७ र बंगलादेश प्रिमियर लिगमा ४ विकेट लिए। पहिलो पटक आयोजना भएको अफगानिस्तान प्रिमियर लिगमा पनि सन्दीपले २ विकेट लिएका थिए। टी-२० मा सबैखाले प्रतियोगितामा गरेर सन्दीपले ४० खेल खेल्दै ५० विकेट लिएका हुन्। आईपिएलमा उनी दोस्रो खेल देखि लगातार टिममा पर्दै आएका छन् । यद्यपी उनको प्रदर्शन भने लोभलाग्दो हुन सकेको छैन् । उनीको बलिंग महंगो सावित भएपनि दिल्लीले आज रोयल च्यालेन्जलाई सात बल अघि नै ६ विकेटको क्षतिमा जित निकालेको थियो ।
source:kheladinews






