नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्कीको ३ वर्षे कार्यकालका लागि बेलबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शुक्रबार सम्पन्न पाँचौ अधिवेशन तथा नवौं वार्षिक साधारण सभाले थापाले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा दानबहादुर क्षत्री, सागर गिरी छन् ।
संघको सचिवमा सुरेशराज अधिकारी, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ रहेका छन् । सदस्यमा टुकदेवी पुन, निर्मलबहादुर केसी, चेत्रमान थापा, चन्द्र गुरुङ(जिम्मी), सुमन पर्तेल छन् । तीन सदस्य पछि थप गरिने संघले जनाएको छ ।
संघले वर्षेनी माघे संक्रान्तिको अवसरमा ढुंगेसाँघुमा क्योकुशिन बुदोकाई कराँते(फुल कन्ट्याक्ट) राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दै आएको छ । संघले अहिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणपछि चना अण्डा तथा फलफूलको व्यवस्था समेत गरिदिएको छ ।
संघमा विभिन्न कार्यक्रम गरी ७५ हजार रुपैयाँ बचत रहेको संघका कोषाध्यक्ष सागर गिरीले अधिवेशनको बन्द सत्रमामा जानकारी गराए । कार्यक्रमको उदघाटन भने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले गरेका थिए भने निर्वाचन समितिको संयोजकमा कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भूमिका निर्वाह गरेका थिए ।
source:kheladinews.com






