पश्चिम नवलपरासीको सुनवलमा घरको गारो भत्काउने क्रममा च्यापिएर दुई बालिकाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।
सुनवल नगरपालिका– १० गैंडाखालस्थित कर्णबहादुर थापा क्षेत्रीको इट्टा र माटोले बनेको पुरानो घरको गारो भत्काउने क्रममा सोही स्थानका दुई बालिकाको मृत्यु भएको हो।यसैगरी सँगै खेलिरहेका सोही स्थान बस्ने सविता भुसालकी ६ वर्षीया छोरी समीक्षा भुसाल र उमेश खत्रीकी ५ वर्षीया छोरी दीक्षा खत्री घाइते भएका छन्।
उनीहरुको टाउको र खुट्टामा चोट लागेको छ। घाइते दुवैको अवस्था सुधारोन्मूख छ।उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।






