प्रदेश २ मा लगातार एसईई परिक्षाको प्रश्नपत्र बाहिरिएपछि यसको चौतर्फी आलोचना भयो । परिक्षा नै रद्ध भएपछि बिद्यार्थीहरु आक्रोसित हुँदै आन्दोलन समेत गरे । यता प्रश्नपत्र बाहिरिएको बारे अनुसन्धान गर्दा त्यसमा प्रहरीकै संलग्नता रहेको पुष्टी ग¥यो । आज प्रश्नपत्र आउट गर्ने व्यक्तिलाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गर्दैछ ।
सो कार्यमा संलग्नहरुलाई प्रहरीले आज दिउँसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको हो । प्रहरीको सीआईबी टोलीले सो कार्यमा संलग्न भएको अभियोगमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित आठ जना पक्राउ गरिसकेको छ ।
१४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि सरकारले सबै परीक्षा रद्ध र स्थगित गर्दै नयाँ परीक्षा सञ्चालन गर्ने घोषणा गरेको थियो । नयाँ परीक्षा भोलिदेखि सञ्चालन हुँदैछ । जस अनुसार विज्ञान विषयको परीक्षा चैत २२ गते तथा सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुने अर्यालले बताए । अन्य विषयमध्ये चैत २४ गते जनसंख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय रहेको छ । त्यसै गरी चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ





