एजेन्सी– भेनेज़ुएलाका राष्ट्रपति निकोलस मदुरोकाे सरकारले विपक्षी नेता जुआन गाेइदोलाई १५ वर्षसम्मका लागि प्रतिबन्ध लगाएकाे छ । याे अवधिमा गाेइदाेले कुनै पनि सरकारी पद सम्हाल्न पाउँदैनन् ।
मदुराेका सहयाेगी एवं सरकार नियन्त्रक एल्विस अमाेराेसाेले याे आदेशकाे बारेमा सार्वजनिक घाेषणा गरेका थिए । गाेइदाेले आफ्नाे सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेकाे आराेप अमाेराेसाेले लगाएका छन् । यसकारण गाेइदाेलाई प्रतिबन्ध लगाएकाे स्पष्टिकरण उनले दिए ।
भेनेजुएलाका नेशनल एसेम्बलीका अध्यक्ष गाेइदाेले याे वर्ष जनवरीमा आफूलाई अन्तरिम राष्ट्रपति घाेषणा गरेका थिए । साथै उनले मदुराेकाे राष्ट्रपति पद अवैधानिक भएकाे आराेप लगाएका थिए ।






