२ वटा मोटरसाइकल एकआपसमा ठोकिँदा ३ जनाको मृत्यु

बर्दियाको बनगाईमा दुईवटा मोटरसाइकल ठोक्किँदा ३ जना यात्रुको ज्यान गएको छ। 

आज बिहानै भएको सवारी दुर्घटनामा परी बर्दिया मधुवन नगरपालिका १ का २१ वर्षका सुरज चौधरी र कृष्णा चौधरी तथा बारबर्दिया नगरपालिका ९ का २३ वर्षका खगेन्द्र बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 

भे ८ प ६९६८ र बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।