पुष्पकमल दाहाल आज स्वदेश फर्किदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकामा श्रीमती सीता दाहालको उपचारपछि आज स्वदेश फर्कँदै छन् ।

अध्यक्ष, स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली इतिहाद एयरवेजबाट अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने छन् ।

अमेरिकामा श्रीमती सीता दाहालको प्रोग्रेसिभ सुप्रानुक्लियर पाल्सी रोगको स्वास्थ्य जाँच सकेर प्रचण्ड स्वदेश फर्किन लागेका हुन् ।