युरोकपमा क्रोएसिया हार्दा नेदरल्याण्डमाथि जर्मनीको महत्वपूर्ण जित

विश्वकप उपविजेता क्रोएसिया युरोकप २०२० को छनोट खेलमा हंगेरीसँग स्तब्ध हुन पुगेको छ । छनोट चरणको खेल अन्तर्गत हंगेरीले क्रोएसियालाई २-१ गोलले पराजित गर्दै युरोकपमा छनोटको सम्भावनालाई बलियो बनाउँदै तीन अंक जोडेको छ ।

पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा उत्कृष्ठ कमव्याक गर्दै हंगेरीले क्रोएसियामा महत्वपूर्ण जित निकाल्यो । खेलको १३ औं मिनेटमा एन्टी रोविचले गोल गर्दै दिलाएको अग्रता पहिलो हाफ नहुदै हंगेरीले बराबरी गर्याे। ३४ औं मिनेटमा अदाम स्जालाईले बराबरी गोल गरे । निर्णायक गोल भने हंगेरीले माटे पात्काईले ७६ औं गर्दै जित सुनिश्चित बनाए ।

यसैगरी जर्मनीले नेदरल्याण्डमाथि ३-२ को नजिता निकाल्दै युरोकपमा आफनो प्रभुत्व कायमै राख्ने संकेत देखायो । लेरोय सानेको गोलबाट लिएको अग्रता लियो । १५ औं मिनेटमा उनले गोल गरेका थिए । ३४ औं मिनेटमा सर्जे जीनब्रेले अर्को गोल थपेपछि अग्रता फराकिलो बनायो ।

दुई गोलले पछि परेको नेदरल्याण्डले ४८ र ६३ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याउँदै खेल रोमाञ्चक बनाए । ४८ औं मिनेटमा माटिस डी लाईटले गोल गरे भने ६३ औं मिनेटमा बराबरी गोल एमफिस डिपेले बराबरी गोल गरेका थिए । तर जर्मनीले अन्तिम मिनेटमा गोल गर्दै जित सुनिश्चित बनायो । निको स्लचले ९० औं मिनेटमा गोल गरेका थिए ।

source:kheladinews