१५ औं कृष्ण मोहन स्मृति ब्याडमिन्टन सुरु

नेपाल एपिएफ क्लबको आयोजनामा १५ औं राष्ट्रब्यापी कृष्णमोहन स्मृती खुला ब्याडमिन्टन प्रतियोयिगता आईतबार देखि सुरु भएको छ ।

एपिएफका पूर्व महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठको सम्मान आयोजना गरिएको प्रतियोगिता १५ औं संस्करण सम्म आईपुगेको छ । प्रतियोगितामा पुरुष÷महिला एकल तथा युगल, मिश्रीत युगल, १७ बर्ष मूनिको छात्र तथा छात्रा, ३५, ४५ र ५५ बर्ष माथिको भेट्रान्स गरि कुल २८७ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगिताको सशस्त्र प्रहरीबलका अतिरिक्त महानिरीक्षक रामसरण पौडेलले रेफ्रि किरण कारञ्जितलाई सटल कर्क प्रदान गर्दै उद्घाटन गरे ।

आज सम्पन्न प्रतियोगिताबाट एपिएफका प्रियान्सु सिंह क्षेत्री पुरुष एकलको क्वालिफाईङ्ग चरण पार गर्दै मेन चरणमा प्रवेश गरेका छन् । क्षेत्रीले रुपन्देहीका रोशन कुमाललाई २१ । १५, २१ । १७ ले पराजित गर्दै मेन चरण्मा प्रवेश गरेको हो । यस्तै क्वालिफाईङ्ग चरण पार गर्दै अर्को चरण प्रवेश गर्नेमा म्याग्दीका बिजय बानिया, इटहरीका भोज बहादुर गुरुङ्ग, कन्चनपुरका गोकुल जोरा, जेष्ट ब्याडमिन्टन एकेडेमीका अनिश कटुवाल र आशिष तामाङ्ग, स्वयंभुका गोकुल तामाङ्ग र कैलालीका अमृत चौधरी रहेका छन् ।

बिजयले किर्तिपूरका द्रिपेश मुनी बज्राचार्यलाई २१ । ११, २१ । १४, भोजले सुर्खेतका नरेन्द्र बमलाई २१ । १५, २१ । १७, गोकुलले किर्तिपूरका दिवाकर पाण्डेलाई २१ । १७, २१ । १५, अनिशले रुपन्देहीका दीप सूर्यबंशीलाई २१ । १३, २१ । १७, आशिषले कपिलबस्तुका रोहित बरालबाट वाक ओभर, गोकुलले काठमाण्डौका सन्तोष कुमार पन्तलाई २१ । १८, २१ । ११ तथा अमृतले मोरङ्गका उज्जल पोखरेललाई २१ । १४, २१ । १४ ले पराजित गरेका हुन् । प्रतियोगिताको अर्को चरणका खेलहरु पुरुष एकल तर्फ बिहान ९ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ ।

source:kheladinews