कश्मिरको पुलवामा एक २१ बर्षीय युवकले गरेको आत्मघाती आक्रमणपछि भारत सरकारले जम्मू कश्मिरमा त्यहाँ रहेका चरमपंथी संगठनको धरपकड गरिरहेको छ । पुलावामा भएको आक्रमणको उदेश्य स्वतन्त्र कश्मिरको एक हिस्सा भएको बताएपछि भारत सरकारले सो क्षेत्रमा रहेका आतंककारी गतिविधी गर्ने समूहबिरुद्ध कारवाही गरिरहेको छ र यसैबीच जम्मू कश्मिरमा आज पनि भारतीय सेना र आतंककारीहरुबीच भिडन्त भएको छ । भिडन्त अझै पनि जारी रहेको बतार्ईएको छ ।
सञ्चारमाध्यमका अनुसार सेनाले आतंककारीहरुलाई सोपोरमा घेरेर राखेका छन् । जबकी सोही क्षेत्रमा सशस्त्र पुलिसको क्याम्पमा ग्रेनेड बम आक्रमण पनि गरेका थिए । उता होलीकै दिन पाकिस्तानका तर्फबाट भएको गोली प्रहारबाट एक जना सेनाको ज्यान गएको छ । राजौरी जिल्लाको सिमा क्षेत्रमा पाकिस्तानले सीजफायरको नियम उल्लंघन गर्दे चलाएको गोलीबाट एक जना सेनाको मृत्यु भएको भारतीय सेनाका अधिकारीले नै पुष्टी गरेका छन् । हिजोमात्र जम्मू करिश्मरमा आतंककारीहरुले सशस्त्र पुलिसको क्याम्पमा ग्रेनेड बम प्रहार गरेका थिए । जुन घटनाबाट २ जना प्रहरीहरु गम्भिर घाईते भएका छन् ।






