‘जादू’ गरेर नक्कली नोट बनाउने २ जना पक्राउ

प्रहरीले विशेष प्रकारको कला (जादु) प्रयोग गरेर सक्कली नोट जस्तै अर्को नोट बनाउने भन्दै ठगी गर्ने २ जना पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा १२ लाख नक्कली नोट बनाउँदैछन् भन्ने खबर पछि महानगरीय प्रहरी परिसरले सोमबार बागबजारबाट दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा म्याग्दी घर भएका ५२ वर्षिय भीमबहादुर मल्ल र ओखल्ढुंगा घर भएका मानबहादुर सुवेदी रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डियसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनीहरुलाई बागबजारबाट १२ लाख बरारबर नक्कली नोटका बन्डल सहित प्रहरीले पक्राउ गरेको हो । उनीहरु बाहिरबाट नगद राखेर भित्र कागजको बण्डल बनाएर ठगी गर्दै आएका थिए । 

ठगीमा संलग्न दुबैजना योभन्दा अगाडी पनि ठगीमा संलग्न हुँदै आएको प्रहरीले जानकारी दिएको छ । यसबारे थप अनुसन्धान गरी कारबाही प्रकृया अगाडी बढाइरहेको प्रहरीले जनाएको छ ।