नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आज साझँ अमेरिका प्रस्थान गर्ने भएका हुन् ।
उनीसँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि जाने स्रोतले बताएको छ । उनीहरु आइतबार (आज) साँझ ५ बजे इतिहाद एयरवेजस्मार्फत अमेरिका प्रस्थान गर्ने गर्ने भएका छन् ।
पार्किन्सन रोगबाट ग्रसित सीता दाहाललाई सुगर र उच्च रक्तचापको समस्या पनि छ । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप बिरामी छिन् ।






