नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मुलधारको राजनीतिमा आउनुको विकल्प नरहेको संघीय सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले बताएका छन्। जनकपुरधाम आएका मन्त्री पंडितले सरकारले वार्ताका लागि सबै असंतुष्ट पक्षको लागि सधैंका लागि ढोको खुल्ला गरेको जनाए।
‘सबैलाई मुलधारमा ल्याउन चाहन्छौं।उनीहरुसँग वार्ता गर्न सरकार तयार छ,’ मन्त्री पंडितले भने, ‘कसैले सघोषित ढोका बन्द गर्छ भने गलत गतिविधि गर्न छुट छैन।’
उच्चस्तरीय वार्ता टोली बनाएर सरकारले सबै राजनीतिक असंतुष्टिलाई हल गर्नेगरी व्यवस्थान गर्दै आएको उनले जनाए। विप्लवको पछिल्लो गतिविधिमाथि मन्त्री पंडितले टिप्पणी गदै भने, ‘म वार्तामा पनि आउन्न, आफ्ना कुरा पनि राख्दिन।तर, म संविधान विरोधी गतिविधि गरिरहन्छु भने यो छुट कसैलाई विश्वमा छैन र नेपालमा पनि हुँदैन।’
‘आफूलाई राजनीतिज्ञ भन्ने तर गतिविधि राजनीतिभन्दा बाहिर, संविधानभन्दा बाहिर, लोकतन्त्रभन्दा बाहिर, पद्धति र प्रक्रियाभन्दा बाहिर गर्ने,उनले भने,’ यस्ता क्रियाकलाप गर्न सरकारले कसैलाई पनि दिँदैन।’






