पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्दको देशभर सामान्य मात्रै प्रभाव देखिएको छ ।
बन्दको काठमाडौं उपत्यकामा आंशिक परेको छ । बिहानैबाट निजी सवारी साधन निर्वाध चलिरहेका छन् । तर, सार्वजनिक सवारी साधनमा बन्दको प्रभाव देखिएको छ । सार्वजनिक सवारी कम चल्दा यात्रुले समस्या भोग्नु परेको छ ।
काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारी साधन पनि चलेका छैनन् । शैक्षिक संस्थाहरुमा पनि बन्दको प्रभाव परेको छ । कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको छ ।
नेकपा विप्लव समूहले आज बन्द आह्वान गरेको हो तर, सरकारले उसका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण कहीं पनि बन्दकर्ता सडकमा देखिएका छैनन् । विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएका कारण सार्वसाधारण भने त्रसित बनेका छन् ।






