बुटवल र पूर्वी नवलपरासीमा बम आतंक

पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएका छन् । शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाइएको थियो ।

बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र व्याट्री रहेको सुरक्षा निकायले जनाएको छ । अरुणखोला बाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बाल्टीमा जुटको बोराले बेरेर माटो र तार राखेर बनाएको शंकास्पद बस्तु विहान ८ बजे हटाएको हो ।

बिहीबार राति १२ बजेदेखि अस्तव्यस्त राजमार्गमा सवारी साधन दुईतर्फी सुचारु भएका छन्। विप्लव समूहको बन्को प्रभाव पूर्वी र पश्चिम नवलपरासीमा पनि परेको छ ।

बुटवलमा बम

उता प्रदेश ५ को राजधानी सहर बुटवलको व्यस्त कालिका चोकमै शंकास्पद बस्तु भेटिएको छ । कालिका चोकस्थिग सडकको डिभाइडरमाथि प्लास्टिकले बेरेर राखेको अवस्थामा बम जस्तै शंकास्पद बस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ ।