–विराटनगरमा आजदेखि साफ महिला च्याम्पियनसिप शुरु भएको छ । नेपालले उदघाटन खेलमा भुटानमाथि ३-० गोलले पराजित गर्दैै साफ शुरुवात गर्यो ।
मन्जली कुमारी योन्जनले १३ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाईन् । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको चार मिनेटमा सावित्रा भण्डारीले एकल प्रयासमा सुन्दर गोल गर्दै अग्रता दोब्बर पारिन् ।
दोस्रो हाफको ५५ औँ मिनेटमा कप्तान निरु थापाको गोलसँगै नेपाल ३(० ले अगाडि बढ्यो । तर अन्त्यसम्म आईपुग्दा नेपालले खासै प्रभावकारी मुभ भने बनाउनै सकेन् । गर्मीले भुटानी खेलाडी थकित देखिए । भुटानी खेलाडीहरुको मस्सल्स क्राम्प भएको थियो । त्यसपछिको समय पनि नेपालले लगातार दवाव बनाएपनि गोल गर्ने अवसरको सदुपयोग गर्न सकेन ।
source:kheladi new





