पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले युवाहरुलाई हरेक क्षेत्रमा शिखर चुम्ने अठोटका साथ अघि बढन आह्वान गरेका छन् ।
बरिष्ठ नेता नेपालले विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथामा पहिलो पटक पाईला राख्ने पनि नेपाली नै भएको उल्लेख गर्दै हरेक नेपाली युवाहरुले आ–आफनो क्षेत्रमा त्यसरीनै शिखर चुम्ने अठोटका साथ अघि बढनुपर्ने पनि बताए। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालीहरुले विश्वमा विभिन्न क्षेत्रमा नयाँ–नयाँ रेकर्ड राखेर मुलुकको शान र मान दुवै बढाएको पनि स्मरण गराए ।
वरिष्ठ नेता नेपालले इमान्दारिताका साथ काम गरे हरेक क्षेत्रमा सफलता हात पार्न सकिने पनि स्पष्ट पारे ।






